www.tankasubba.com

पल्टने कविहरुको कविता सँग्रह सीमाहीन विम्बहरु छाम्दा
नियति नै बनेको छ परदेशिनु सदियौँदेखि नेपालीहरुको लागि । रोजीरोटीको सिलसिलामा र्सवसाधारण मात्र नभएर कैयौँ र्सजकहरु पनि हान्निएका छन् विदेशतिर । तर उनीहरुबाट हुनुपर्ने सिर्जना भने कहिल्यै परदशिएको छैन । नेपाल र नेपालीकै लागि साहित्य निर्माण गरेर लाउनसम्म गुण लगाएका छन् । त्यो हाम्रोलागि अत्यन्तै सह्रानीय कुरा हो । यसलाई मध्य नजर गर्ने हो भने, साहित्यिक र्सजकहरुलाई कुनै पनि वाधा अवरोधले सिर्जनामा असर नगर्दौ रहेछ भन्ने कुरा उहाँहरुको रचनाले प्रमाणित गर्दछ । यस्तै सिर्जनकर्मी १७जना कविहरुको ५१थान कविता रहेको कृति सीमाहीन विम्बहरु हालसालै मेरो हात परेको छ । अनेकौँ तवरले त्यसलाई ओल्र्टाई-पल्र्टाई हेरेँ, अनि मलाई के लाग्या भने, बन्दुक समात्ने हातहरुले बन्दुकको गोलि मात्र हान्ने काम गर्दो रहेनछ, ती हातहरुले त मानवीय सम्वेदना छुने राम्रा-राम्रा कविताका थुँगाहरु पो टिप्दो रहेछ – सीमाहीन विम्बहरुभित्र मैले यही कुरा पाएँ । हङकङ आजभोलि नेपालसँगको दुरी छोटिएझैँ लाग्न थालेको छ, किनकि विहान छापिएको पत्रिका साँझ आफ्नै हातमा पल्टाएर हेर्न पाइन्छ । यस्तो सौभाग्य त नेपालकै रोल्पा, डोल्पालीहरुले पनि पाउँदैनन् होला । अझ, साँझ विहानको हुलाकी भएका छन् काठमाण्डौँ अध्ययन गर्दै बस्नुभएका भान्जा लोक सिँगक । लाहुरे, कवि, गीत र गजलकार ‘मिजास तेम्वे’ले उपहार स्वरुप सहि गरेर पठाएको मसी नसुक्दै मेरो हात पर्‍यो । कृतिकारहरुले आफ्नो छापिएको कृति हेर्न नपाउँदै मैले हर्न पाउनु कम्ती खुशीको कुरो होइन । आफै पनि कविता कहिलेकाहिँ लेखिटोपल्ने भएकोले कविता सँग्रह पाउँदा नहेर्ने कुरै भएन । जे होस्, लाहुरे कविहरुको कविताले सत्रुहरुलाई पो निशानी गरेर गोलि हानेका होलान् भनेको त उहाँहरुले नेपालकै छाती, गाउँ-ठाउँ र मानवीय सम्वेदना पो सुम्सुम्याउनु भएको रहेछ । त्यसैले कविताहरु पढ्दै जाँदा झन् पढूँ-पढूँ लाग्छ । किन होला भनेर एकछिन अन्दाज गर्दा थाहा पाएँ कि त्यहाँ त मै जस्तो परदेशिनेको कथा-व्यथा पो रहेछ । कता हो कता, कविताले दुखेको छातीमा मलम लगाउँदा यो सँग्रहमा रहनु हुने समू्पर्ण कविहरुलाई धन्यवाद नदिई रहन सकिन । भन्ने गर्थे मान्छेहरु, लाहुरेले आफ्नो पसिना बेचेर अलिकति सामल किनेर ‘रिटायर्ड’ हुन्छ । अब मलाई के भन्न मन लाग्यो भने लाहुरेले परिश्रम बेचेर साहित्य बुन्छ । उदाहरणको लागि सीमाहीन विम्बहरु कविता सँग्रह काफी छ । यहाँ सँग्रहित कविताहरु सँपूर्ण लाहुरेहरुकै हातबाट लेखिएको हुनाले पल्टने कविता भनेर सँज्ञा दिन म लाग्यो । यो कविता सँगालोका कविहरु एक-दुईबाहेक समू्पर्णलाई सशरीर भेट्न नपाए पनि कुनै न कुनै मिडियामार्फ देखिसकेको हुनुपर्छ । तर्सथ उहाँहरुको लेखनबाट नेपाली साहित्यको भण्डारमा अझ धेरै कृतिहरुको आशा गर्न सकिन्छ । किनभने कर्मठ र जागरुक हातहरु सँधै नदीझैँ बगिरहन्छन् । लेखन भनेको अध्ययन र साधनामा निर्भर रहने भएकोले सक्रियरुपले अगाडि बढे किर्तिमान नै राख्न पनि बेर लाग्दैन । यसरी पल्टनेहरुद्वारा पहिले अन्य पत्र-पत्रिकाहरु पस्कँदै आए पनि सँयुक्त कृति भने देखिएको थिएन, तर पहिलो सँग्रहको रुपमा सीमाहीन विम्बहरु आज हामीले देख्न, पढ्न पाएका छौँ, यो एउटा नयाँ इतिहासको सुरुवात हो । यसले नेपाली साहित्यको क्षेत्रमा बेग्लै स्थान लिने नै छ र महत्व पनि त्यत्तिकै हुनेछ, किनकि, हामीले लेखनको पाटोलाई भन्दा पनि इतिहासको पाटो बढी कन्द्रित भएर हेर्नु पर्ने देख्छु । प्रवासी नेपाली साहित्य समाजद्वारा प्रकाशित तथा ‘मिजास तेम्वे’ र नरेश काङमाङबाट सम्पादित सीमाहीन विम्बहरुमा क्रमशः रक्ष राई, नवराज राई, कुमार इस्वो, जगत नवोदित, दयाकृष्ण राई, भरतमणी चोङवाङ, टँक वनेम, आनन्द ‘रानोहोछा’ राई, प्रेम ‘रिबुसाल’ राई, केदार सुनुवार, विश्वास दीप तिगेला, डुगेन्द्र तामाङ, नरेश काङमाङ, यादव वान्तवा ‘याद’, ईश्वर चाम्लिङ, टँक बहादुर ‘तेम्वे मिजास’ आदि कविका तीन-तीन कविताहरु रहेका छन् । आवरण कला र भित्री कला रमेश पौडेलको रहेको छ भने, मुख्य भूमिका डा. गोविन्द भट्टराईको रहेको छ । आवरणको पछिल्लो पृष्ठमा विक्रम सुब्बा, मञ्जुल र श्रवण मुकारुङको दृष्टिकोण रहेको छ । समग्रमा हेर्ने हो भने, यो कविता सँग्रह अत्यन्तै पठनीय र सँग्रहनीय छ ।

सीमाहीन विम्बहरू( कविता सँग्रह )

मूल्य : रु १००

युके पाउण्ड : १०

सिङ्गापुर, ब्रुनाइ डलर : २०

युयस डलर : १५

हङकङ डलर : २५